सिंहदरबारको पर्खाल भत्कियो

तस्बिर : कविन अधिकारी

काठमाडौँ — निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार तीस मिटर जति पर्खाल भत्किँदा एकजना सामान्य घाइते भएका छन् । उनले भत्केको पर्खालको भाग सडक पेटीमा मात्रै खसेकाले यातायात भने अवरुद्ध नभएको बताए । पर्खाल भित्रपट्टी रहेको माटोको थुप्रो सडकमा खस्न सक्ने भएकाले अहिले डोजर लगाएर माटो हटाउने काम भइरहको छ ।


प्रकाशित : असार २७, २०७६ १६:३८

प्रतिक्रिया
पठाउनुहोस्

४ लाख घूससहित डीएफओ पक्राउ 

कृष्णप्रसाद गौतम

सुर्खेत — डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ परेका छन् । वन प्रमुख लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार दिउँसो ४ लाख घूससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले लामालाई कार्यकक्षबाटै पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता कोइरालाले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । लामा छुटपूर्जीको म्याद थप गराउने बहानामा पक्राउ परेका हुन् ।

प्रकाशित : असार २७, २०७६ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्