मनमती खोला छेउछाउमा बस्नेलाई सर्तक रहन प्रहरीको अनुरोध

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले थानकोट–कलंकी खसीबजार, कुलेश्वर हुँदै बग्ने मनमती खोलाले तल्लो भेगमा पर्ने सम्पुर्ण घर डुबानमा परेको र खोलाको सतह बढदै गएकाले खोला छेउछाउको क्षेत्रमा बस्नेहरुलाई सर्तक रहन आग्रह गरेको छ । प्रहरीका अनुसार उक्त क्षेत्रका सय भन्दा धेरै घर डुबानमा परेको र कलंकीको प्रहरी चौकी, मालपोत कार्यालय पनि डुबानमा परेको जनाएको छ । 

प्रहरीका अनुसार कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले डुबान क्षेत्रबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ८० भन्दा धेरैको उद्धार गरेको बताए। उनले कलंकी, ढुंगेअड्डा, खसीबजार, कुलेश्वर क्षेत्रमा बस्नेहरुलाई सर्तक रहन अनुरोध गर्दै नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली मनमती खोला वरीपरी उद्धारमा खटिएको बताए।

प्रहरीको खोलाको सतह बढ्दो क्रममा रहेकाले खोलाको करिडोरको बाटो प्रयोग नर्गन अनुरोध गरेको छ। डीएसपी बोगटीले कोही डुबानमा परेको भए प्रहरीको निशुल्क टोल फ्री नम्बर एक सय नम्बरमा फोन गर्न र थप मद्धत माग्न अनुरोध गरे।

प्रकाशित : असार २७, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङमा पहिरोले घर भत्काउँदा तीनको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङको खोटेहाङ गाउँपालिका-२ मा पहिरोले घर भत्काउँदा तीनको मृत्यु भएको छ । स्थानीय विष्णु राईको घर भत्किदा उनकी श्रीमती रेखा राई र ४ वर्षीय छोरा रोमन र ७ महिनाको छोरा रोहनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाईते विष्णुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २७, २०७६ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्