१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनमती खोला छेउछाउमा बस्नेलाई सर्तक रहन प्रहरीको अनुरोध

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले थानकोट–कलंकी खसीबजार, कुलेश्वर हुँदै बग्ने मनमती खोलाले तल्लो भेगमा पर्ने सम्पुर्ण घर डुबानमा परेको र खोलाको सतह बढदै गएकाले खोला छेउछाउको क्षेत्रमा बस्नेहरुलाई सर्तक रहन आग्रह गरेको छ । प्रहरीका अनुसार उक्त क्षेत्रका सय भन्दा धेरै घर डुबानमा परेको र कलंकीको प्रहरी चौकी, मालपोत कार्यालय पनि डुबानमा परेको जनाएको छ । 

मनमती खोला छेउछाउमा बस्नेलाई सर्तक रहन प्रहरीको अनुरोध

प्रहरीका अनुसार कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले डुबान क्षेत्रबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ८० भन्दा धेरैको उद्धार गरेको बताए । उनले कलंकी, ढुंगेअड्डा, खसीबजार, कुलेश्वर क्षेत्रमा बस्नेहरुलाई सर्तक रहन अनुरोध गर्दै नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली मनमती खोला वरीपरी उद्धारमा खटिएको बताए ।


प्रहरीको खोलाको सतह बढ्दो क्रममा रहेकाले खोलाको करिडोरको बाटो प्रयोग नर्गन अनुरोध गरेको छ । डीएसपी बोगटीले कोही डुबानमा परेको भए प्रहरीको निशुल्क टोल फ्री नम्बर एक सय नम्बरमा फोन गर्न र थप मद्धत माग्न अनुरोध गरे ।

प्रकाशित : असार २७, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?