कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा परी १७ जनाको ज्यान गयो, ७ बेपत्ता

काठमाडौँ — लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

बाढीपहिरोमा परी १७ जनाको ज्यान गयो, ७ बेपत्ता

गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ । तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ । यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन् । देशैभरका कान्तिपुरका जिल्ला संवाददाताहरुका अनुसार पानी पर्न रोकिएको छैन । ठूला नदीहरुको बहाव बढ्दै गएको छ ।

राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन् । यात्रुहरु विचल्लीमा परेका छन् ।

पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको छ।

गृहमन्त्रालयले दिएको मृतकको विवरण हेरौं :


३ जनाको मृत्यु - कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु ।


२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु ।


२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु ।


१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु ।


१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु ।


१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु ।


१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु ।


१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु ।


१ जनाको मृत्यु- धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु ।


२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु ।


१ जनाको मृत्यु- मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु ।

स्रोत: प्रहरी प्रधान कार्यालय

बेपत्ता हुनेहरु :


कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता ।


खोटाङको खोटेहाङ गाउँपालिका वाल्खुवामा पहिरो जाँदा विष्णु राईकी श्रीमती र दुई छोरा बेपत्ता ।


पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाउँदा ९ वर्षीय दिवन राई बेपत्ता ।


मोरङ कानेपोखरी गाउँपालिका २ को गेउरिया खोलमा परिचय नखुलेको एक बेपत्ता ।


महोत्तरीको बलवा नगरपालिका ३ बदियाका हमिद मियालाई खोलाले बगाउँदा बेपत्ता ।

प्रकाशित : असार २७, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?