कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँसे मैदानबाट विमान झिकिएपछि विमानस्थल सुचारु

सुरज कुँवर

काठमाडौँ — ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

घाँसे मैदानबाट विमान झिकिएपछि विमानस्थल सुचारु

विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलका अनुसार, घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएको थियो । २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएको हो । बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ । यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए ।


यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो ।

प्रकाशित : असार २७, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?