कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी

माधव अर्याल

(पाल्पा) — तानसेन नगरपालिका–७, स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु हराएको छ । तानसेन नगरपालिका–९ डाँडाडुम तिलाहारकी २२ वर्षीया जमुना रानाको शिशु हराएको हो । उनले शुक्रबार ११ बजे जन्माएकी थिइन् । शिशु ३ बजे गायब भएको हो ।

लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी

रानाले छोरा जन्माएको र छोरीलाई रेखदेख गर्न बसेकी आमासँगै हुँदा शिशु गायब भएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । जमुनालाई सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास ल्याएका थिए । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमा थिइन् ।


अर्धचेत अवस्थामा रहेकी सुत्केरी जमुनालाई ज्वानोको झोल लिन मेडिकल कलेजको क्याण्टिन गएका बेला यस्तो घटना भएको हो । सहयोग गर्ने भन्दै अपरिचित महिलाले बच्चा लिएकी हुन् । उनैले लिएर हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ ।


ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भन्ने अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् । जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दा महिला बच्चा लिएर नआइपुगेपछि मात्र शिशुको खोजी सुरु भएको हो । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलामा पुगेकी थिइन् । बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ ।


दिउँसो तीन बजेतिर घट्ना भए पनि प्रहरीलाई भने बेलुकी ५ बजेमात्र खबर भएको थियो । घटनाका सम्बन्धमा सिसिटिभीको फुटेज निकालेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । सुरक्षाकर्मीले खोजी कार्यलाई तीव्रता दिएको उनले बताए ।


मेडिकल कलेजको सिसिटिभीले राम्रो काम नगरेकाले पनि समस्या भएको उनले बताए । यसलाई काठमाडौको फरेन्सी ल्याबमा लगेर भएपनि खोजी गरिने उनले बताए । लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरबाहीले यस्तो घटना भएको हो ।


लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालले अस्पतालभित्र भएको घटनाले आफूलाई दुःखी तुल्याएको बताए । उनले घटना कसरी घट्यो भन्ने सम्बन्धमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने विश्वास गरे । घटनालालाई अनुसन्धान गर्न सघाउने समेत बताए ।


प्रकाशित : असार २८, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?