१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भप्सी खोलाको पुल बाढीले बगाएपछि आवागमन ठप्प रहेेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग गरेर सुचारु

सन्तोष सिंह

धनुषा — महोत्तरीको बर्दिबासस्थित भप्सी खोलाको पुल बाढीले बगाएपछि ठप्प रहेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग सञ्चालन गरिएकाे छ । पुल भत्केपिछ बाटोमा नै अलपत्र परेका सवारी गन्तव्य तर्फ लागेकाे छ ।

भप्सी खोलाको पुल बाढीले बगाएपछि आवागमन ठप्प रहेेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग गरेर सुचारु

बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।

वैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालन गरिएको महाेतरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

शुक्रबार राति १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । पुल बगाउँदा पुर्व-पश्चिम महेन्द्र राजमार्गमा रातिदेखि नै सवारीहरु जाममा परेका थिए ।

प्रकाशित : असार २८, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?