२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका डकाहामा कमला नदील बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ भने तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । 

कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

सुतेको घरमै बाढी पसेर ६ जना बगाएका मध्ये दुइ जनाको सकुशल उद्धार गरिएको छ । कमला नदीले बगाएर वेपत्ता हुनेमा एक वर्षका सर्जन कापडी, ७ वर्षीय आँधी कापडी र ६० वर्षिया मरणी कापडी रहेका छन् ।


वेपत्ता हुनेको खोजी भैरहेको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।


प्रकाशित : असार २८, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?