१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

जीपमाथि पहिरो खस्दा एक घाइते
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–१ को कमेरेमा ढुंगासहितको पहिरो जीपमाथि खस्दा जीप चालक गम्भिर घाइते भएका छन् । पहिरो पार गर्न लाग्दा माथिबाट ढुङ्गा खसेर जीपमा लागको थियो ।

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेर शनिबार पनि सडक अवरुद्ध बनेको छ । गोलन्जोर गाउँपालिका ५ को सोलाभन्ज्याँङ र खनियाँखर्क नजिक पहिरो खसेर शुक्रबार बिहानैदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।


माथिल्लो बारामा समेत पहिरो खसेर सडक अवरुद्ध बनाएको छ । पानी परिरहेकाले पहिरो सफा गर्न कठिनाही उत्पन्न भएको छ । यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।


अविरल वर्षापछि कमला नदीमा आएको बाढीले दुघौली नगरपालिकाको खेतीयोग्य जमिन कटान शुरु गरेको छ । मरिण र चदाहा खोलाले समेत कटान सुरु गरेको स्थानीयले बताएका छन् ।


प्रकाशित : असार २८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?