१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

कमल पन्थी

(बर्दिया) — कर्णाली नदीस्थित राजापुर र कैलाली जोड्ने पुलमा कर्णाली नदीको बहाव पूर्वतर्फ धकलिएपछि भ्वाङ परेको छ । कैलाली जोड्ने पूर्वी किनार पुलसँग जोडिएको ठाउँमा भ्वाङ परेको हो ।

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

गत वर्ष साउनमा आएको बाढीले पुलमा भ्वाङ परेको थियो । यस वर्ष दुई ठाउँमा भ्वाङ परेको छ । सडक दुर्घटना रोक्न पुलसँगै गाडिएको एउटा पिलर समेत ढलेको छ । कर्णालीमा जलस्तर बढ्दै गएका कारण पुल बचाउन बनाइएको तटबन्ध भाँसिदै गएको छ । ठुलो बाढी आउना साथ तटबन्ध भासिएर पुलसँग सडक सम्पर्क विच्छेद हुने राजापुर नगरपालिकाका मेयर शिव प्रसाद चौधरीले बताए ।


‘नदी कटान तिब्र भई रहेको छ,’ ‘उनले भने, ‘यसलाई रोक्ने प्रयास नगरिए बर्दिया र राजापुरसँगको सडक सम्पर्क विच्छेद हुने छ ।’


पुल बाट आउजाउ गर्ने सवारी साधनको गति नियंत्रण गर्न दुबै तर्फ किनारमा गेभिन राखिएको छ । दुई वर्ष अघि पुल निर्माण भएपनि हस्तान्तरण भएको छैन । कालिका–शर्मा रसुवा जेभी निर्माण कम्पनीले ५ सय ३१ मिटर लामो उक्त पुल निर्माण गरेको थियो । निर्माण कम्पनीले करिब ४६ करोडको लागतमा निर्माण गरेको हो । भ्वाङ टालटुले गरी ढुंगा राखेर अस्थायी रुपमा बचाउने प्रयास गरेपनि ठुलो बाढी आए थेग्ने अवस्था छैन ।

हुलाकी सडक आयोजना अन्तर्गत पुल जोगाउन थप पिलर बनाउन करिब दुई करोड बजेट केन्द्रसँग माग गरेको थियो । वर्ष बितिसक्दा पनि बजेट निकासा भएको छैन । थप पिलर नबनाए पुल बग्ने चेतावनी आयोजनाले दिएको छ ।


आयोजना प्रमुख युवराज पोखरेलले थप एक पिलरका लागि बजेट निकासा नभएको बताए । ‘हुलाकी आयोजना निर्देशनालयबाट यस बारे कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘पुल जोगाउन निर्माण गरिएको गेभिन भाँसिदै गएको छ ।’


प्रकाशित : असार २८, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?