कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धनकुटामा पहिरोका कारण ७ घर र एक विद्यालयमा क्षति, हिले भोजपुर सडक अवरुद्ध 

(धनकुटा) — अविरल वर्षाको कारण धनकुटाको अधिकांस स्थानको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण विभिन्न स्थानमा ७ घर सहित एक विद्यालय र एक प्रहरी चौकिमा समेत क्षति पुगेको छ ।

धनकुटामा पहिरोका कारण ७ घर र एक विद्यालयमा क्षति, हिले भोजपुर सडक अवरुद्ध 

महालक्ष्मी नगरपालिका ५ लेगुवा बजारमा आज बिहान तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । कपडा पसल गर्दै आएका महम्मद अनुवारको कपडा पसल र घर भत्किदा करिब ९ लाख बराबरको क्षति भएको छ । सोहि स्थानका इन्द्रसागर दास, राजकुमार बुढाथोकीको घरमा समेत पहिरोले क्षति पुर्याएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए ।


आसपासका अधिकांस घर उच्च जोखिममा रहेको स्थानीय सन्तबहादुर कुँवरले बताए । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारस्थित प्रहरी चौकी समेत पहिरोले जोखिम पुगेको छ । यस्तै, पाख्रिबास नगरपालिका ५ स्थित घोर्लिखर्कमा तीन घरमा क्षति पुगेको छ ।


अविरलको वर्षात्का कारण पहिरो जाँदा धनकुटाको पाख्रिबास ४ स्थित एक जोखिमपूर्ण घर । तस्बिरः रमेशचन्द्र अधिकारी/कान्तिपुर


स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका ७ चुलिबनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ । सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदा पठनपाठन बन्द गरिएको प्रअ राईले बताए ।


यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले—लेगुवा—भोजपुर सडकमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ छ । मुलघाट–त्रिवेणी सडक, तमोर करिडोर र सिधुवा–लेगुवा सडक समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए। घटनास्थलमा उद्धार र राहतको लागि पहल थालिएको उनले बताए ।


प्रकाशित : असार २८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?