१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीपी राजमार्ग अवरुद्ध, बेनी-जोमसोम सडक बग्यो

विमल खतिवडा

काठमाडौँ — बीपी राजमार्गको विभिन्न खण्डमा पहिरो खस्दा गएरातिदेखि सडक अवरुद्ध बनेको छ । उक्त सडक खण्डको नेपालथोकदेखि खुर्कोटसम्म झण्डै आधा दर्जन ठाउँमा लेदो माटो र पहिरो खस्दा यात्रु अलपत्र परेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार पहिरोले ठाउँठाउँमा यात्रु रोकिएका छन् । उनका अनुसार बीपी राजमार्गमा लेदो बगिरहेका कारणले समस्या भएको छ ।'यात्रुहरु अलपतत्र परेका छन् । पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने,‘ त्रिभुवन राजपथ खुलिसकेको छ । हेटौंडा भीमफेदी हुँदै काठमाडौं आउने सडक पनि कुलेखानीसम्म खुलिसकेको छ ।’


त्यस्तै महेन्द्र राजमार्गको बर्दिबासस्थित भाब्सी खोलाको पुल गएराति बगेको छ । ‘२ बजे राति पुल बगेको छ,’ शर्माले भने,‘ मेसिन लगेर डाइभर्सन बनाउने काम हुँदैछ, साँझसम्म सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।’


दुई/चारदिन भित्रै बेलिब्रिज बनाइने उनले बताए । ३२ मिटर पुल बगेको हो । त्यस्तै म्याग्दी बेनी-जोमसोम सडक खण्डको काभ्रे भीरमा कालीगण्डकी नदीले सडक बगाएको छ । ‘भित्तामा चट्टान छ, त्यसलाई फोर्ने प्रयास भइरहेको छ,’ उनले भने,‘ पानी परिरहेकाले केही सडक सुचारु हुन समस्या भएको छ ।

प्रकाशित : असार २८, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?