बाढीपहिरो र डुबानले ३० जनाको ज्यान गयो, उद्धार जारी [अपडेट]

काठमाडौँ — बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् । विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृह सचिव प्रेम राईले देशैभरी बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या प्रस्तुत गर्दै राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिए । 

बाढीपहिरो र डुबानले ३० जनाको ज्यान गयो, उद्धार जारी [अपडेट]

गृहमन्त्रालयमा शनिबार बिहान बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो । सचिव राईले प्रदेश १ र २ वर्षाले बढी प्रभावित पारेको बताए । ती प्रभावित जिल्लाहरुमा तत्काल उद्धार र राहत वितरणको काम तीब्र बनाइएको जानकारी उनले बताए ।


बैठकमा गृहमन्त्रीले वर्षा सुरु हुनअघिनै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको जानकारी दिँदै स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको जानकारी दिए । हिजो मौसमका कारण हेलिकप्टरबाट राहत तथा उद्धारको काम गर्न नसकिएपनि शनिबार हेलिकप्टर प्रयोग गरिएको जानकारी दिए ।


आवश्यकता अनुसार डुँगा नहुँदा समस्या परेको पनि उनले बताए । बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । तत्काल राहतका लागि स्थानीयतहले मुख्य भूमिका खेल्नुपर्ने ठहर गरेको छ ।

प्रकाशित : असार २८, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?