१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीपहिरो र डुबानले ३६ जनाको ज्यान गयो, २४ जना बेपत्ता [अपडेट]

प्रभावित स्थानहरुमा २७,८३० प्रहरी कर्मचारी परिचालित

काठमाडौँ — अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बाढीपहिरो र डुबानले ३६ जनाको ज्यान गयो, २४ जना बेपत्ता [अपडेट]

शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १/१ जनाको ज्यान गएको छ । सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १/१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ । मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन् । स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी ९ सय ७९ जनालाई बाढीपहिरोबाट सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।


बाढीपहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।


पहिरो तथा बाढीका कारण बन्द सडकसमेत खुलाइएको प्रहरीको भनाइ छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका १० बाँदरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सबै सडक, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित पूर्वपश्चिम राजमार्ग, मकवानपुर हेटौंडा–भीमफेदी–काठमाडौं सडक, इलाम सूर्योदय नगरपलिका ९ ढोडेस्थित वरबोटेदेखि नयाँबजार जाने भित्री सडक, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका २ स्थित तल्लो डुंगेश्वर सियाकोट सुर्खेत सडकलगायत ठाउँको अवरोध खुलाइएको प्रहरीले जनाएको छ ।


रौतहट चन्द्रनिगाहपुर २ स्थित पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुरु गराइएको छ । पाँचथर मेची राजमार्ग, इलाम रोङ गाउँपालिका ४ स्थित मेची राजमार्ग, तेह्रथुम लालीगुराँस नगरपालिका ९ काडेस्थित म्याङलुङ–वसन्तपुर सडक खण्डलगायत अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?