१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देउवा पक्षको भेलाको निष्कर्ष : एक वर्ष कार्यकाल लम्ब्याउने

महाधिवेशन अब ०७७ फागुन सम्ममा गर्ने तयारी 

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल लम्ब्याउने भएका छन् । पार्टीको १४ औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी उनले एक वर्षको कार्यकाल बढाउन खोजेका हुन् ।

देउवा पक्षको भेलाको निष्कर्ष : एक वर्ष कार्यकाल लम्ब्याउने

शनिबार बिहान बसेको देउवा समूहको बैठकले ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निचोड निकालेको हो । देउवाको फागुन मसान्तबाट चार वर्षको कार्यकाल सकिँदै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशन ०७६ फागुन भित्रै नियमित महाधिवेशनको लागि दबाव बढाइरहेका बेला देउवा समूहको बैठकले यस्तो निचोड निकालेको हो । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक राखेका थिए ।


पार्टीको विधानले असाधरणस्थिति भएमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था गरेको छ । संविधानको राजनीतिक दलसम्वन्धी व्यवस्थाले थप ६ महिनाको समय समेत बढाउन सक्ने व्यवस्था गरेको छ । ‘महाधिवेशनको तयारी सुरु गर्दागर्दै एक वर्षको समय लाग्छ, तर संविधान अनुसार थप ६ महिना समेत बढाउने दिशामा जान हुँदैन भनेर हामी सबैजसोले सुझाव दिएका छौं’ देउवा निकट एक सदस्यले भने ।


चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन पौडेल र सिटौला पक्षले दबाब दिएका छन । देउवा यसै केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको एजेण्डामा छलफल गर्न चाहेका थिएनन । तर, पौडेल पक्षले महाधिवेशनको क्यालेन्डरका विषयमा छलफल नहुने हो भने बैठकमै अनुपस्थित रहने चेतावनी दिएका थिए । त्यसपछि मात्रै देउवा महाधिवेशनको क्यालेन्डर ल्याउने पक्षमा जुटेका हुन् ।


बैठकले संघीय संरचना अनुसार पार्टीका तल्ला तहका संरचना सहमतिमै बनाउने निष्कर्ष निकालेको छ । सहमति नजुटेमा भने निर्वाचनमा जाने विकल्पका लागिपनि तयार रहने देउवा समूहको योजना छ । पौडेल र सिटौला पक्षले विधानका प्रावधान अनुसार निर्वाचनबाटै तल्ला तहका संरचना गठन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

प्रकाशित : असार २८, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?