कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिद्धार्थ राजमार्ग अझै सुचारु भएन 

माधव अर्याल

पाल्पा — शनिबार दिउँसो सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आज (आइतबार) बिहानसम्म सुचारु हुन सकेको छैन । शनिबार दिउँसो ३ बजेतिर ढुंगा सहितको पहिरो खस्दा एक मोटरसाइकल र त्यसका चालकलाई पहिरोले बगाएको थियो । 

सिद्धार्थ राजमार्ग अझै सुचारु भएन 

राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले बगाएर निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय घनबहादुर सुनारी मगरको मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए । लु ५० प ४६७१ नम्बरको मोटरसाईकलमा बुटवलबाट पाल्पाको निस्दी फर्किदै गरेका सुनारीलाई ढुंगा सहितको सुख्खा पहिरोले बगाएको हो । मृतक सुनारी मित्याल गोरखनाथ आधारभूत विद्यालय, भीरपानीका राहत शिक्षक हुन् ।


मोटरसाइकल र चालक तिनाउ खोलाको तीर नजिकै पुगेका थिए । हिजो दिउँसोदेखि अलपत्र परेका यात्रुलाई हिड्ने बाटो बनाएर गन्तव्यमा पठाएपनि ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको थियो । त्यस क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् । राती दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले पनि थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए ।


ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फि यातायात सुचारु गर्न पहल भइरहेको छ । सडक डिभिजन कार्यालयका प्रमुख केदार नेपालले सकेसम्म छिटो राजमार्ग सुचारु गर्ने गरी काम भइरहेको जनाए ।




प्रकाशित : असार २९, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?