मौसम खराब भएपछि सिमकोट उडान अवरुद्ध, मानसरोवर जाने पर्यटक अलपत्र 

मधु शाही

(बाँके) — मौसममा आएको खराबीका कारण चार दिन देखि दुर्गम क्षेत्रमा जहाज उडान हुन सकेको छैन । नेपालगञ्ज विमानस्थलबाट सिमकोट हुँदै तिब्बतको मानसरोवर जाने पर्यटक अलपत्र परेका छन् । 

हुम्लाको सिमकोटस्थित विमानस्थलमा मानसरोवर कैलाश जानका लागि पालो कुरिरहेका भारतीय तीर्थयात्रु ।तस्बिर : छपाल/कान्तिपुर

नागरिक उड्यन प्राविधिकरण नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेम नाथ ठाकुरका अनुसार तीन दिनको विमान अवरोधले झन्डै २ सय पर्यटक अन्योलमा परेका हुन्। आज जुम्ला, डोल्पा र बाजुरा खुलेको छ।

आइतबार मौसम खराबीले गर्दा उडान ठप्प छ। तीन दिन लगातार उडान नहुँदा सिमीकोट जाने पर्यटक प्रभावित भएका हुन्। मानसरोवरलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र सिता एयलाइन्सले सिमीकोट तर्फ उडान गर्छन्।

मौसम खराब भएपछि नेपालगञ्ज ट्रान्जीट हुँदैहुम्लाकाे सिमकोट जान अड्किएका मध्ये ९० प्रतिशत पर्यटक भारतीय रहेको प्रेमले बताए। झन्डै १२ दिनमा सकिने मानसरोवर यात्रा चार दिन देखिको बर्सातका कारण अनिश्चीत समय लम्बीन सक्ने प्रेमले बताए।

सोल्टी होलटका जेनरल म्यानेजर इन्द्र खड्काका अनुसार मानसरोवरका पर्यटक बर्खामा थोरै आउने गर्छन्। त्यसमा पनि फ्लाइट सञ्चालन हुन नसक्दा होटलमा बस्नुपर्ने बाध्यता छ। ‘हामी कहाँ थोरै पर्यटक छन्,’ उनले भने, ‘फ्लाइट रोकिंदा धेरै पर्यटक आफ्नो सुविधा अनुसारका होटलमै बस्न बाध्य भएका छन्।’ दुई लाखको प्याकेजमा मानसरोवर यात्रा हुने भएपनि फ्लाइट रोकिंदा अन्य व्यक्तिगत खर्च बढ्न थालेको पर्यटकको गुनासो छ।

प्रकाशित : असार २९, २०७६ ११:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मलेसियामाथि नेपालको क्लिन स्विप, दोस्रो खेल ६ रनले जित्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले मलेसियाविरुद्धको दुई टी-२० को सिरिजमा क्लिन स्विप गरेको छ । नेपालले आइतबार दोस्रो खेलमा ६ रनको जित निकाल्यो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता लियो ।

यसअघि नेपालले शनिबारको पहिलो खेलमा ७ विकटको जित हात पारेको थियो। किनारा ओभल क्रिकेट मैदानमा जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १ सय ६७ रन मात्र बनाउन सक्यो।


हारमा पनि मलेसियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो। मलेसियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो। त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए।


यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो र यो नेपाला लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो। त्यसमा विनोद भण्डारीले विनोद भण्डारीले ५१ रन बनाए।


उनी यसक्रममा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक पूरा खेलाडी खेलाडी पनि बने। उनले २५ बलको मात्र सामना गरे। त्यसमा उनले ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै शरद भेषावकरले ४० रनको योगदान दिए।


प्रकाशित : असार २९, २०७६ ११:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT