घर पुरिँदा बेपत्ता दुईकाे शव भेटियाे

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखुमा पहिरोले घर बगाउँदा बेपत्ता भएका तीनजना मध्ये दुईको शव आइतबार फेला परेको छ । 

स्थानीय हिराबहादुर पौडेलको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३० वर्षीय सुनिता पौडेल, छोरी १० वर्षीय सविता पौडेल, छोरा सागर पौडेल बेपत्ता भएका थिए ।

खोजीको क्रममा स्थानीय सिसनेखोला र ठाकुरखोलाको दोभानमा आमाछोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । छोरा सागरको भने खोजी भैरहेको छ ।

यो सँगै सिन्धुलीमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चारजना बेपत्ता छन् । कमला नदीले बगाएका अझै तीन बेपत्ता रहेका छन् । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।

प्रकाशित : असार २९, २०७६ १४:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रौतहटमा पानीको बहाव कम हुँदै, दिनचर्या सामान्य अवस्थामा फर्कँदै

शब्द तथा तस्बिर : शिव पुरी

गौर — लगातारको वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा सदरमुकाम लगायतको जनजीवन अस्तब्यस्त भएको छ । अहिले गौरको डुबान कम हुँदै गएको छ । मानिसहरु घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरु खुलेका छन् । अधिकांश व्यापारीको पसल डुबानमा परेर क्षति पुगेको छ । जनजीवन विस्तारै सामान्य बन्दै छ । रौतहटमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्  ।

मृत्यु हुनेहरुमा यमुनामाई गाउँपालिकाकी गायत्री देवी, ईशनाथ नगरपालिकाका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका वीरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत, उमेश राउत रहेका छन् । बाढीका कारण गढिमाई नगरपालिकाका आनन्दी देवी र ईशनाथ नगरपालिकाका रामपुकार बेपत्ता छन् ।

जिल्लाको विभिन्न स्थानीय तहका ३० हजार घरमा बाढीले क्षति पुर्‍याएको तथ्यांक छ । ३० हजार विस्थापित भएका छन् । विस्थापित सबैलाई सामुदायिक भवन, विद्यालायलगायत अग्लो र बाढी नपसेको ठाउँमा राखिएको छ ।


प्रकाशित : असार २९, २०७६ १४:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT