घर पुरिँदा बेपत्ता दुईकाे शव भेटियाे
सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखुमा पहिरोले घर बगाउँदा बेपत्ता भएका तीनजना मध्ये दुईको शव आइतबार फेला परेको छ ।
स्थानीय हिराबहादुर पौडेलको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३० वर्षीय सुनिता पौडेल, छोरी १० वर्षीय सविता पौडेल, छोरा सागर पौडेल बेपत्ता भएका थिए ।
खोजीको क्रममा स्थानीय सिसनेखोला र ठाकुरखोलाको दोभानमा आमाछोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । छोरा सागरको भने खोजी भैरहेको छ ।
यो सँगै सिन्धुलीमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चारजना बेपत्ता छन् । कमला नदीले बगाएका अझै तीन बेपत्ता रहेका छन् । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।
प्रकाशित : असार २९, २०७६ १४:२८प्रतिक्रिया