डाेल्पामा बाढीले ४ घरसहित ११ जना बगायो

२ को शव भेटियो, ९ अझै बेपत्ता

डोल्पा — मुड्केचुला गाउँपालिकाको १, २ र ३ नम्बर वडामा पर्ने काँसिल खोलामा आएको बाढीले छेउमा रहेका ४ घरसहित ११ जनालाई बगाएको छ । बगाएका मध्ये २ जनाको शव भेटिएको छ । ९ जना अझै बेपत्ता छन् ।  

डाेल्पामा बाढीले ४ घरसहित ११ जना बगायो

अविरल वर्षाका कारण शनिबार बेलुकी काँसिल खोलामा बाढी आएको थियो । बाढीले बगाएका मुड्केचुला–१ का ४३ वर्षीय धनराज बोहोरा र ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव भेटिएको हो । ९ जना अझै बेपत्ता रहेको घटनास्थल पुगेर टेलिफोन सम्पर्क हुने स्थान करवगाडसम्म फर्केका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।


उनका अनुसार बाढीले बगाएर बेपत्ता हुनेहरुमा पञ्चराम सार्की, लवकुमार रोकाया, कालीबहादुर बोहोरा, धनरुप बोहोरा, सारिका बोहोरा, बृष्णपति बोहोरा, यमुना बोहोरा, निर्मल बोहोरा र सुना सार्की रहेका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।


शनिबार बेलुकीतिर खोलामा बाढी आएको हो । खोला ९ वटा घट्ट, ३० वटा खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएका ट्याङ्की, ४ वटा घर, एक साना जलविद्युत आयोजनाका पुरै संरचना, १ वटा फलामे पुल र २ वटा काठे पुल बगाएर तहस–नहस बनाएको छ । खोला छेउको पुरै जग्गा बगर बनाएको छ ।


ठाडो खहरे खोला भएका कारण माथिबाट आएको पहिरोसहितको बाढीले वारिपारिको जमिन चिर्दै ल्याएको थियो ।


जिल्ला प्रशासनको नेतृत्वमा सुरक्षा निकायका प्रमुख लगायतको टोली थाहा पाउने बित्तिकै शनिबार बेलुकी ८ बजेतिर घट्नास्थलतिर हिडेको थियो ।


घटनास्थल सदरमुकाम दुनैदेखि करिब ५० किलोमिटर उत्तर पश्चिममा पर्छ । घरमा बसेका, घट्ट पिस्न गएकाहरु बाढीमा परेका हुन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २९, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?