कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्षति विवरणका आधारमा पुनःस्थापना र पुनर्निर्माण थालिने

घाइतेको उपचार खर्च सरकारले बेहोर्ने 

काठमाडौँ — सरकारले बाढी, पहिरो र डुबानको क्षति विवरण तयार गरी त्यसको आधारमा पुनःस्थापना र पुनर्निर्माणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्षतिको विवरण गृह मन्त्रालयले तयार गरिरहेको छ ।

क्षति विवरणका आधारमा पुनःस्थापना र पुनर्निर्माण थालिने

मन्त्रिपरिषदको आइतबार बसेको आकस्मिक बैठकले क्षतिको विवरण तयार गरी पुनःस्थापना र पुनर्निर्माणको काम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले घाइतेको उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएको छ । ‘घाइते भई अपांगता भएका र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।


सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालन गरी राहत कार्यक्रम तदारुकतासाथ सञ्चालन गर्ने निर्णयमा छ । बैठकले सबै सरकारी निकाय, निजी क्षेत्र, सामाजिक क्षेत्र तथा गैरसरकारी संघसंस्थालाई समन्वयात्मक रूपमा परिचालन गरी विपद् प्रभावितको उद्धार, राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तत्काल परिचालन गर्ने भएको छ ।


विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवा सुचारु गर्न र थप क्षति हुन नदिन सतर्कता अपनाउने र आवश्यक कदम चाल्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । बैठकले यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिएको छ । बैठकले हालसम्म ५१ जनाको मृत्यु, ३१ बेपत्ता, २८ घाइते, १० हजार ३ सय ८५ घरधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको जनाएको छ ।

प्रकाशित : असार २९, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?