कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलेखानीको जलाशय भरिँदै, सतर्क रहन आग्रह

प्रताप बिष्ट

हेटाैंडा — लामाे वर्षाका कारण कुलेखानी जलविद्युत आयाेजनाकाे जलाशयको भरिने अवस्थामा पुगेको छ । साेमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेकाे छ । 

कुलेखानीको जलाशय भरिँदै, सतर्क रहन आग्रह

थाहा नगरपालिका क्षेत्रमा धेरै वर्षा भएका कारण आइतबार राति एक्कासी ५ मिटर पानीको सहत बढेको हाे।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले गर्दा १ हजार ५ सय २७ मिटर मात्रै संकलन गर्ने सुझाव दिएको छ । अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयाेजनाले जनाएकाे छ ।

विद्युत प्राधिकरणले सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लाे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ । पानी खपत गर्नका लागि अहिले कुलेखानीका दुईवटै आयोजना संचालन ल्याइएको छ ।

दुईवर्ष यता कुलेखानीमा पानी भरिएको थिएन ।

प्रकाशित : असार ३०, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?