१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

खहरेले बगाएर बेपत्ता आमाछाेरीकाे शव भेटियाे (अपडेट)

हेटाैंडा — मकवानपुरको इन्द्रसराेवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा बेपत्ता भएका आमा र छाेरीकाे शव फेला परेकाे छ ।

आइतबार राति खाेलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका थिए । साेमबार बिहान उनीहरुकाे शव घटनास्थलबाट ५० मिटर तल पुरिएकाे अवस्थामा भेटिएकाे हाे ।

राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएकाे खहरेले बगाएको थियाे । घरमै सुतेका मध्ये एकजना भाग्न सफल भएका थिए ।

याेसँगै मकवानपुरमा बाढीपहिराेबाट मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ ।

प्रकाशित : असार ३०, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?