२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

काठमाडौँ — मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

बुधबारबाट न्यून चापीय क्षेत्र (लो प्रेसर) बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन् । 'आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ,' मौसमविद् नगरकोटीले भनिन् । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।


बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ । त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।


त्यस्तै वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४÷३० मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित : असार ३०, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?