१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद

प्रतीक्षा काफ्ले

गण्डकी — विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका-७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ । सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद

चापाकोटको शितलटार जङ्गलमा लगी बारम्बार ललाईफकाई बलात्कार गर्दै आएका शिक्षक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ किनिदिने सर्तमा घटना लुकाउँदै आएका थिए ।


२०७४ चैत्र २ गते परीक्षाको समयमा बलात्कार गरेका आचार्यले २०७५ वैशाख ३० गते पनि बलात्कार गरेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पीडितले २०७५ जेठ २१ गते मुद्दा दर्ता गराएका थिए ।


पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका, प्रहरी चौकी चापाकोट हुँदै मुद्दा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका थिए । पीडित बालिकाले आफ्नै हस्ताक्षरमा निवेदन दर्ता गराएकी थिइन् ।


मुलुकी ऐन अनुसार १० वर्षदेखि १४ वर्षसम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखि १२ वर्षसम्म जेल सजाए हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : असार ३०, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?