जनजाति महासंघको बन्द फिर्ता

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको ‘नेपाल बन्द’ फिर्ता लिएको छ । लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा महासंघलगायत विभिन्न संस्थाले संयुक्त रूपमा आन्दोलन जारी राखेका छन् ।

जनजाति महासंघको बन्द फिर्ता

‘मुलुकमा बाढीपहिरो गइरहेका बेला बन्द गर्नु अनुचित भन्ने भयो,’ महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले भने, ‘त्यसैले प्रदर्शनमात्र गर्ने कार्यक्रमलाई अघि बढाई पूर्वघोषित बन्दको कार्यक्रम फिर्ता लिइएको छ । विरोधका अन्य कार्यक्रम यथावत् छन् ।’


आन्दोलनमा राष्ट्रिय अपांग महासंघ, मधेसी, मुस्लिमलगायतका संस्था संलग्न छन् ।

प्रकाशित : असार ३०, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?