युवा सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ — राष्ट्रसंघको ‘सगरमाथा अन्तर्राष्ट्रिय सम्मेलन’ सोमबार काठमाडौंमा सुरु भएको छ । अमेरिका र राष्ट्रसंघले संयुक्त आयोजना गरेको सम्मेलनमा युवाले अन्तर्राष्ट्रिय मुद्दाबारे बहस गर्नेछन् । 

अमेरिकाले अघि सार्दै आएको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत टर्कीदेखि किर्जिस्तानसम्मका २० देशका २ सय युवाले राष्ट्रसंघीय ढाँचाअनुसार पाँच दिनसम्म विभिन्न सत्रमा छलफल गर्नेछन् ।


अमेरिकी राजदूत र्‍यान्डी बेरी, राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड र परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सम्मेलनको उद्घाटन गरेका हुन् ।

प्रकाशित : असार ३०, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?