बाढी र पहिरोमा दुई बेपत्ता

डिल्लीराम खतिवडा

उदयपुर — साेमबार राति उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालकसहित दुईजना बेपत्ता भएका छन्।

रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक र राैतामाई–८ डिल्लीबरमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी हुन।


उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार पहिरोले घर पुरिँदा ५५ वर्षीया रणमाया रिखाम बेपत्ता भएकी छिन् । उनका एक छोरा घाइते भएका छन्। ‘मुकुर्ची बजारमा छौडिया खोला पसेको जानकारी आएको छ,’ उनले भने, ‘राति नै जिल्लाबाट सुरक्षाकर्मीको टोली पठाएर हामी पनि त्यही जाँदै छौ।’


रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएपछि फुटेर एक्कासी बाढी आएको थियो। त्यही पहिराेले पुरिएर अर्जुन तामाङका ९ वर्षीय छोरा बेपत्ता भएको छ भने श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।


एसपी बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायत बगाएको छ। रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स्थान तिर लागेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए। 'मुर्कुची बसपार्कमा रहेको एउटा गाडी बगाएको जानकारी आएको छ,’ उनले भने, ‘छौडिया खोला थुनिए नथुनिएको थप विवरण आउन बाँकी रहेको छ।’

प्रकाशित : असार ३१, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?