१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

घर फिर्न थाले विस्थापित

विराटनगर — सोमबारदेखि पानी पर्न कम भएपछि विराटनगर महानगरपालिकाका बाढीपीडित परिवार मंगलबारदेखि घर फिर्न थालेका छन् । महानगरका १९ वटै वडामा पानीको निकास नहुँदा बस्ता, सिंघिया र केसलिया खोलाको पानी बस्ती पसेको थियो । यसबाट करिब हजार परिवारलाई सुरक्षित स्थलमा राखिएको थियो ।

वडा ७ का विस्थापित ५६ परिवार मंगलबार घर फर्किएको वडा प्रमुख मधुबाबु तिवारीले जानकारी दिए । उनीहरू स्थानीय गायत्री संस्कृत विद्यालयमा बसेका थिए । त्यसैगरी वडा नम्बर ८ का पीडित परिवार पनि घरतर्फ लागेको वडाध्यक्ष निश्चल अर्यालले बताए ।


महानगर १ को विजयपुर, पाथीभरा मन्दिरको धर्मशाला, शान्तिचोक र नयाँ बस्तीमा राखिएका १ सय २५ विस्थापित परिवार पनि मंगलबार घरतर्फ लागेको वडा प्रमुख उद्धव अर्यालको भनाइ छ ।


केही परिवार भने फर्किन नसकेको महानगर प्रमुख भीम पराजुलीले बताए । सुरक्षित स्थलमा राखिएका परिवारलाई महानगरले खानाको व्यवस्था गरेको छ । पानी रोकिएको अवस्थामा बुधबारसम्म विस्थापित घर फर्किसक्ने उनको भनाइ छ ।

प्रकाशित : असार ३१, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?