कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकसेवाको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ — लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । आरक्षण बचाऔं आन्दोलनअन्तर्गत भएको प्रदर्शनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग्दै नाराबाजीसमेत गरिएको थियो । 

संविधानको समानुपातिक र समावेशी सिद्धान्तविपरीत विज्ञापन गरिएको भन्दै प्रदर्शनमा महिला, दलित, जनजाति, मुस्लिम लगायतका समुदाय सहभागी भएका थिए ।


प्रदर्शनका क्रममा ‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’, ‘लोकसेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरूले संघीय मामिलामन्त्री पण्डितले समावेशी सिद्धान्तको खिल्ली उडाएको भन्दै राजीनामा मागेका थिए ।

प्रकाशित : असार ३१, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?