कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

६५ वर्ष कटेकालाई भत्ता दिन कांग्रेसको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले ६५ वर्ष उमेर पूरा भएका नागरिकलाई वृद्धभत्ता दिन माग गरेको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आइतबार कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन माग गरेको हो ।

६५ वर्ष कटेकालाई भत्ता दिन कांग्रेसको माग

‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथि छलफलका क्रममा कांग्रेसकी सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको चुनाव भइसकेपछि ६५ वर्ष पूरा भएका नागरिकलाई समेत वृद्धभत्ता दिने निर्णय गरेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गर्दा ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिने निर्णयसमेत उल्टिएको थियो ।


कांग्रेसले समितिमा आफ्नो त्यही पुरानो अडान दोहोर्‍याएको हो । भुसालले भौगोलिक कठिनता र औसत आयु कम भएका क्षेत्रलाई हेरेर ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई भत्ता दिनुपर्ने धारणा राखेकी थिइन् । उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकाप्रति समेत आपत्ति जनाइन् । ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्न नहुने तर्क उनको थियो ।


सत्तारूढ नेकपाकी सांसद बिनुकुमारी श्रेष्ठले समेत ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्ने विधेयकको प्रावधान गलत रहेको बताइन् । सरकारले पेस गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान छ ।


उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरूमाथि नै विभेद हुने प्रावधान भने राख्न नहुने बताइन् ।


प्रकाशित : असार ३१, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?