कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

रासस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।  कांग्रस संसदीय दलको कार्यालयले बुधबार जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । 

केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ ।

क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरे ।

प्रकाशित : श्रावण १, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?