कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साढे २ हजार कर्मचारी कारबाहीका लागि सिफारिस

रासस

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा २ हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने १ हजार ९६१ र तोकिएको पोसाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए । 

केन्द्रले गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ । केन्द्रले आव २०७४÷७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रकाशित : श्रावण १, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?