कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउवाले पनि पीडित भेटेनन् 

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै रौतहट आएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि मंगलबारै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । देउवाले बिहीबार महोत्तरी र धनुषाको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्ने तयारी छ । 

देउवाले पनि पीडित भेटेनन् 

सभापति देउवा हवाई जहाजबाट सिमरा हुँदै प्रभावित क्षेत्र पुगेका थिए । उनले वाग्मतीले कटान गरेको क्षेत्र निरीक्षण गरे । गढीमाईको लक्ष्मीपुरका केहीलाई बाटोमै भेटेर उनी दुर्गा भगवती गाउँपालिका पुगेका थिए । त्यहाँ उनले पालिकाका अध्यक्ष अरुण साहको घरमा खाना खाए । तर, सय मिटर नजिकै बसेका विस्थापित भेटेनन् जहाँ बाढी र डुबानका कारण करिब २ सय परिवार कष्टसँग बसिरहेका छन् । उनी बडहर्वामा उनी बाँध हेरेर फर्किए ।


बाँधमा दुई सय घरपरिवार त्रिपाल टागेर बसेका छन् । त्यहाँ उनले पीडितसँग थोरै कुरा गरे । ‘भारतीय बाँधका बारेमा सरकारले गम्भीर चासो लिनुपर्छ,’ उनले भने, ‘बाँधकै कारण यत्रो क्षति भएको छ । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’


‘सभापति देउवा राहत नलिई आउनुभएकाले पीडितलाई भेटा समस्या हुन सक्छ भनेर कटान क्षेत्र मात्र निरीक्षण गर्नुभयो,’ कांग्रेसका एक जिल्ला नेताले भने । देउवाले बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने क्रममा भारतीय नम्बर प्लेटका दर्जनौं गाडीले पछ्याएका थिए ।

प्रकाशित : श्रावण १, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?