१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

अनिश रेग्मी

काठमाडौँ — लाेकसेवा आयाेगले स्थानीय तहका लागि खाेलेकाे विज्ञापन खारेजीकाे माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हाे ।

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन
विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

प्रकाशित : श्रावण २, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?