पहिरोले अवरुद्ध सडक अझै सञ्चालनमा आएन, बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य

डम्बरसिं राई

खोटाङ — पहिरोले भत्किएको सडक एक सातासम्म नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बेलामा सडक सञ्चालनमा नआएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य छन् ।

एक साताअघि झरी–पहिरोले शहरसँगको सिधा यातायात विच्छेद भएको थियो। पहिरोले सडक भत्काएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य भएका हुन्। पहिरोले सडक अवरुद्ध गरेपछि दिनहुँजसो हेलिकोप्टर चार्टर भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए।

एउटा हेलिकोप्टर चार्टर गर्दा दुई लाखदेखि अढाई लाखसम्म तिर्नु परेको छ। यातायात सडक विभाग, प्रशासन लगायतका सम्वन्धित निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरिएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङ्माङले बताए।

सडक मर्मतबारे किन काम भएन भन्ने जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय झोक्किएका थिए। उनले भने, ‘अनावश्यक रिपोर्टिङ नगर्नुस्,’ उनले थपे, ‘अब तपाईंले नै पहल गर्नुस्।’

प्रतिनिधिसभा सदस्य भट्टराईले सडक खोल्ने बारे धमाधम काम भइरहेको बताएका छन्। उनका अनुसार केही दिनभित्रै सडक सञ्चालन भइसक्ने छ। यद्यपि कतिपय सडकमा झरेको पहिरो अझै पन्छाइएको छैन।

कतिपय सडक भने सम्वन्धित पालिकाहरुले सुचारु गराएका छन्। हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो नगरक्षेत्रभित्र पर्ने सडकहरु सञ्चालनमा ल्याएका छन्। मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने सडक भने सञ्चालनमा नआउदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्।

प्रकाशित : श्रावण २, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

कैदीद्वारा आत्महत्या

डम्बरसिं राई

खोटाङ — खोटाङ जिल्ला कारागारका एक कैदीले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्महत्या गरेका हुन् ।


आइतबार बेलुकी सात बजेतिर कारागार प्रशासनले जानकारी गराएपछि घटनास्थल पुग्दा कम्पाउण्डभित्रैको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए।

उनका अनुसार कारागारभित्र विभिन्न सामान उत्पादनका लागि ल्याइएको डोरीमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ। मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। मृत्युपछि आफन्तलाई झिकाइएको र उनीहरुको जाहेरीपछि पोष्टपार्टम गरी आफन्तलाई शव बुझाइने डिएस्पी गौतमले सुनाए।

प्रकाशित : असार २३, २०७६ १३:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT