१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

७ वटै प्रदेशमा नगर विकास कोष गठन

विमल खतिवडा

काठमाडौँ — सरकारले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित ७ जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

७ वटै प्रदेशमा नगर विकास कोष गठन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार प्रदेश १ बाट दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, प्रदेश २ बाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावती, प्रदेश ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल रहेका छन् ।


त्यस्तै, गण्डकी प्रदेशबाट पोखरा उपमहानगरपालिका मेयर मानबहादुर जिसी, प्रदेश ५ बाट बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेशबाट गौरीगंगा नगरपालिकाका मेयर भीम देउवालाई मनोनयन गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?