कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यौन शोषणबाट जन्मेका बच्चाको जन्मदर्ता सिफारिस

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारमा रहँदा यौन शोषणबाट अनिच्छित गर्भधारण गरी जन्मेका बालबालिकाको जन्मदर्ताको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।

यौन शोषणबाट जन्मेका बच्चाको जन्मदर्ता सिफारिस

स्थलगत अध्ययनका क्रममा यौन शोषणबाट अनिच्छित गर्भधारण भई जन्मेका नेपाली कामदारका बालबालिकाहरूको जन्मदर्तामा समस्या देखिएको पाइएको उल्लेख गर्दै स्थानीय तहलाई निर्देशन दिन आवश्यक भन्दै त्यस्तो सिफारिस गरेको हो ।


आप्रवासी कामदारको स्थिति र अधिकारका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानका क्रममा वैदेशिक रोजगारमा रहँदा महिला कामदार गर्भवती भई विदेशमै वा नेपालमा आएर जन्माएका बच्चाहरूको जन्मदर्ता नहुनेजस्ता थुप्रै समस्या भेटिएको आयोगले जनाएको छ ।


त्यसरी जन्मेका बच्चाहरूको नागरिक अधिकार हनन भइरहेको निष्कर्ष प्रतिवेदनमा छ । वैदेशिक रोजगारीका लागि महिलामाथि लगाइएको उमेरको हद तथा प्रतिबन्ध हटाउन पनि आयोगले सरकारलाई सिफारिस गरेको छ । ‘महिलामाथि लगाइएको उमेर हद र प्रतिबन्ध हटाई सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीमा पठाउने कार्यलाई व्यवस्थापन गर्नुपर्छ’ प्रतिवेदनमा छ ।

प्रकाशित : श्रावण २, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?