धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते

अर्जुन शाह

धनगढी — धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । यादव, खान र सेरेलाको ठेगाना खुलेको छैन ।

घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु सख्त घाइते छन् । विस्फोटन भएको वस्तुबारे एकिन भइसकेको छैन ।
घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । ‘विस्फोटन गराइएको वस्तु स्टीलको टिफिन कन्टेनर हो’, उनले भने, ‘जुन धेरै घातक हुन्छ ।’उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण २, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेशसभा लगातार अवरुद्ध, बजेटमाथिको छलफल सुरु भएन

अर्जुन शाह

धनगढी — आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको विरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठकमा अवरोध जारी राखेका छन् । प्रतिपक्षीको अवरोधकै कारण बजेटमाथिको छलफल भने सुरु हुन सकेको छैन । 

संसदको बैठक सुरु हुनेबित्तिकै बिहीबार कांग्रेस र राजपाका सासंदहरूले संयुक्त रूपमा रोस्टमअघि पुगेर नाराबाजी गरेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरे ।

सरकारले ल्याएको बजेट अपारदर्शी रआसेपासेलाई पोस्ने प्रकृतिको रहेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा चल्न दिएका छैनन् । खुद्रे योजनाहरू रहेको, योजना मन्त्रीकै वरिपरि केन्द्रित रहेको, ठूला र गौरवका योजनालाई महत्त्व नदिइएको विपक्षीहरूको आरोप छ । उनीहरूले बजेटमा संशोधन हुनुपर्ने माग गर्दै आएका छन् । संसद भवनमै उनीहरूले रातो किताब जलाएपछि सरकार र प्रतिपक्षी दलबीचको सम्बन्ध खल्बलिएको हो । त्यसैमा सत्तारूढ दलकै सांसदहरू पनि बजेटको विरोधमा उत्रिएपछि सरकार चेपुवामा परेको देखिएको छ ।

यसअघि ३ पटक संसद स्थगित भइसकेको छ । बैठक सञ्चालन गराउन सरकारले प्रतिपक्षी दलसँग वार्ता गरिरहेको बताए पनि सहमतिको संकेत देखिएको छैन । ‘सरकार बजेटमा व्यापक संशोधन गर्न सहमत भएपछि मात्रै संसद चल्छ,’ प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘झुलाएर निकास निस्किन्न ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सरकारका तर्फबाट प्रतिपक्षी दलहरूसँग वार्ता गरिरहेको रावलको भनाइ छ । उनीहरूबीच बुधबार भएको छलफल निष्कर्षबिनै टुंगिएको थियो । प्रतिपक्षी दलका तर्फबाट वार्ताको नेतृत्व गरेका कांग्रेस सांसद कर्णबहादुर मल्लले आफूहरूले उठाएका एजेन्डामा सरकार गम्भीर नभएकाले निष्कर्षमा पुग्ननसकिएको बताए ।

सभामुख थापाले बिहीबारको बैठक सुरु भएको जानकारी गराउनासाथ प्रतिपक्षी सांसदहरूले रोस्टमअघि चर्का नाराबाजी गरेका थिए । त्यसपछि सभामुख थापाले बैठक आइबारसम्मका लागि स्थगित गरे । आर्थिक ममिला तथा योजनामन्त्री बोहराले आउँदो बैठकसम्म प्रतिपक्षी दलहरूसित सहमति हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो ।

प्रकाशित : असार १३, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्