१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्ति तोडफोड भएको घटनाको भर्त्सना गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी धार्मिक सद्भाव र सांस्कृतिक सहिष्णुतामा आँच पुर्‍याउन ती मूर्ति तोडफोड गरिएको भन्दै छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

‘गौतम बुद्धका मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमा भनेका छन्, ‘धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्व निम्त्याउने गरी नियोजित रूपमा बुद्धका मूर्तिलाई तोडफोड गर्नु निन्दनीय एवं आपत्तिजनक छ ।’


सरकारको ध्यानाकर्षण

यसैबीच नेकपाका स्थायी समिति सदस्य एवं रूपेन्देही ३ का निर्वाचित सांसद घनश्याम भुसालले बुटवल–भैरहवा सडकको मध्य भागमा राखिएका गौतम बुद्धका मूर्ति तोडफोडको घटनामा संलग्नलाई कारबाही मागेका छन् । घटनाबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘शान्ति, अहिंसा र सद्भावका प्रतीक, राष्ट्रिय विभूति गौतम बुद्धको मूर्ति तोडफोड एउटा आपराधिक कार्य हो,’ भुसालले भने ।


प्रकाशित : श्रावण २, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?