(अपडेट) बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई जरिवाना

राजु चाैधरी

काठमाडौँ — बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टाेलीले अनुगमन गरेकाे छ । अनुगमनका क्रममा दुवै बजारका १९ व्यापारीलाई जरिवाना गरिएकाे छ ।

(अपडेट) बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई जरिवाना

शुक्रबार बिहान अनुगमनमा गएको विभागको टोलीले बल्खु तरकारी र फलफूल बजारका ११ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो ।


एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताए ।

यसैगरी कालीमाटीस्थित तरकारी बजारमा पनि अनुगमन भइरहेको छ । विभागका शाखा अधिकृत दिपक पोखरेलको संयोजकत्वमा रहेको टोलीले अहिलेसम्म ८ वटा पसललाई कारवाही गरेको छ ।

अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरेको यो पहिलो पटक हो ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?