राष्ट्रिय सभामा गृहमन्त्रीले भने, 'उद्धार तथा राहत उच्च प्राथमिकतामा'

रासस

काठमाडौँ — सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिए । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी गराए । उनले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । उद्धारमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक सङ्घ संस्था परिचालन गरिएका गृहमन्त्री थापाले सदनलाई जानकारी गराए । उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि अझ प्रभावकारी बनाउन तीन वटै सरकार समन्वयात्मक रुपमा परिचालन भएका उल्लेख गर्दै हराइरहेकाको खोजी जारी रहेको जानकारी गराए ।

विपद् न्यूनीकरण र व्यवस्थापनका लागि बाढी र वर्षाको पूर्व सूचना प्रणाली सक्रिय गराइएको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सुसूचित गरिएको बताइएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र नेपाल टेलिकमको वैकल्पिक तरिकाबाट सञ्चार पर्वाह गरिएको छ । आपतकालीन उद्धार तथा राहतका लागि हेलिकप्टर तैनाथ अवस्थामा राखिएको, १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने, सात स्थानमा खोलाको निकास खोल्ने काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । डुबान क्षेत्रमा रोग फैलिन नदिन आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जलवायु परिवर्तनको जोखिम विश्वमै चुनौतीका रुपमा देखा परेको र विकसित मुलुकका कारण नेपाल प्रत्यक्ष मारमा परेको उनले बताए ।

प्रकाशित : श्रावण ३, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपमा प्रहरी असई पक्राउ

शिव पुरी

रौतहट — बलात्कार आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक पक्राउ परेका छन् । चन्द्रनिगाहपुरस्थित एक होटलबाट बिहीबार जिल्ला प्रहरी मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।

काठमाडौं दक्षिणकालीका २० वर्षीया युवती बलात्कार गरेको साहमाथि आरोप छ ।

हेटौंडाबाट उनीहरु मोटरसाइकलमा यहाँ आई एक होटलमा बसेका थिए । प्रसनी साह आफूलाई षड्यन्त्रपूर्वक फसाएको दाबी गर्छन् । होटलमा बहिनीमाथि जबरजस्ती गरेको भन्दै दिदीले ईलाका प्रहरी चन्द्रनिगाहपुरमा जाहेरी दिएपछि साह फक्राउ परेका हुन् । पीडित यूवतीले आफूलाई भेट्न बोलाएर जबरजस्ती गरेको आरोप लगाइन् ।

पक्राउ परेका प्रसनी साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाकाका डीएसपी कवित कटुवालले बताए ।

प्रकाशित : श्रावण ३, २०७६ १७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT