कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चर्को शुल्कविरुद्ध नेविसंघले आन्दोलन गर्ने 

काठमाडौँ — नेविसंघका पूर्वपदाधिकारी तथा सदस्यहरुले क्याम्पसहरुमा बढाइएको चर्को शुल्कको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघका पूर्व पदाधिकारी मोतीलाल भण्डारी, लिलालल्लव दाहाल, मनोहरि श्रेष्ठ, सञ्जय चौधरीसहित दर्जन विद्यार्थी नेताहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

पहिलो चरणको क्रार्यक्रममा शिक्षामन्त्रीलाई ज्ञापन दिने, विज्ञहरुसँग अर्न्तक्रिया गर्ने, प्लेकार्डसहित सडक प्रदर्शन र चर्को शुल्क असुल्ने क्याम्पसहरुको भण्डाफोर गर्ने रहेको छ । कक्षा ११ र १२ देखि विश्वविद्यालयसम्म तथा सीटीईभीटीदेखि एमवीवीएस र इन्जिनियरिङसम्मको मापदण्ड, शुल्क निर्धारण र विद्यार्थी सिट संख्या अविलम्ब तोक्न माग गरेको छ । ‘समान शुल्क निर्धारण नगरेमा सम्बन्धित कलेज र सरकारकै विरुद्ध समेत हामी सडक आन्दोलन गर्नेछौं’, विद्यार्थी नेता भण्डारीले भने,‘हामीले उठाएका मागलाई सरकारले पूरा गर्ने दिशामा काम गरोस भन्ने चाहना छ ।’


अर्का विद्यार्थी नेता मनोहरि श्रेष्ठले बिनाआधार शुल्क वृद्धि गरेको तथ्याङ्कसहित आन्दोलन गरिन लागेको बताए ।


प्रकाशित : श्रावण ३, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?