१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । शुक्रबार ग्यास्ट्रोइन्टेस्टाइनल प्याङ्क्रियाज र कलेजो प्रत्यारोपण शल्य चिकित्सक प्रा.डा.रमेश सिंह भण्डारीको नेतृत्वमा कलेजोको सफल प्रत्यारोपण गरिएको हो ।

शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण

अस्पतालले करिब महिना दिनअघि पहिलो प्रत्यारोपण गरेको थियो ।


डा. भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका वरिष्ठ शल्य चिकित्सक डा. विवेक बिजको टोलीले सघाएको थियो । शल्यक्रिया शुक्रबार बिहान ७ बजे सुरु भएर दिउँसो ३ बजेर ३० मिनेटमा सकिएको थियो । प्रत्यारोपण ४४ वर्षीय पुरुषमा गरिएको हो । उनलाई नातामा ज्वाइँ पर्ने २८ वर्षे युवकले कलेजो दान गरेका थिए ।


मुलुकमा कलेजोको रोग मुख्य रुपमा मदिरा, हेपाटाएटिस संक्रमण, क्रिप्टोजेनिक (थाहा नहुने कारण), कलेजोमा बोसो जमेर दीर्घकालमा हुने जटिलता लगायत कारणले कलेजो प्रत्यारोपणको अवस्था आउने गर्छ । विश्वभरी कलेजो प्रत्यारोपण सबै खाले शल्यचिकित्साभन्दा जटिल प्रक्रियाको रुपमा लिइन्छ ।


मुलुकमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०७३ सालमा पहिलो कलेजो प्रत्यारोपण गरेको थियो ।

प्रकाशित : श्रावण ३, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?