१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकको गुइठेमा पहिरोले यातायात अवरुद्ध छ । सदरमुकामदेखि २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–१ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएको हो ।

सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–घाँसासम्मको ३८ किलोमिटर सडक खण्डकको चमेरे, वैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुइठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा बारम्वार पहिरोले सास्ती दिने गरेको छ ।


‘राति गुइठे भीरमा सुख्खा पहिरो झरेकोले सडक बन्द छ, यातायात अवरुद्ध भएको छ’ सडक विभागका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले भने, ‘डोजर ल्याएर पहिरो पन्छ्याउने तयारी भएको छ । थप पहिरो झरेन भने शनिबार दिउँसोसम्म सडक खुलाउने तयारीमा छौं ।’


बेनी–जोमसोम सडकमा पहिरोले यातायात अवरुद्ध मात्र पारेको छैन, सवारी सञ्चालनमा रहेको क्षेत्रमा समेत माथिबाट बारम्बार ढुङ्गा झर्न नरोकिएकोले जोखिमपूर्ण पनि बनेका छन् । सडकको बेगखोला, तिप्ल्याङ्ग, महभीर, भीरकाटे, तातोपानी, दाना, घाँसा क्षेत्रका भीरबाट ढुङ्गा झर्ने हुँदा पैदल हिड्न समेत समस्या छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?