बालुवाटार जग्गा प्रकरणमा शाेभाकान्तबाट पीडित बनेका खनालकाे घरमा मध्यराति आक्रमण प्रयास 

कृष्ण ज्ञवाली

काठमाडौँ — ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रमुख योजनाकार मानिएका शोभाकान्त ढकालबाट पीडित एक परिवारको घरमा मध्यरातमा आक्रमणको प्रयास भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास । प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा भूमाफिया र भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भइसकेको छ । तस्बिर : केशव थापा/कान्तिपुर

डा. चन्द्रकान्त खनालको घरमा मध्यरातमा पुगेको एक समूहले उनको घरको मूलगेट तोडफोडको प्रयास गरेका छन्। उक्त समूहले अगाडिपट्टिको घरमा रहेको सहकारीमा समेत आक्रमण गरी कागजात नष्ट गरेका छन्।

‘हामी बिहान उठ्दा सहकारी तोडफोड भएको रहेछ, हाम्रो गेट फोड्न पटकपटक प्रयास भएको देखियो’ डा. चन्द्रकान्त खनालले कान्तिपुरसित भने, ‘केही मानिसहरुले अलि दिन पहिलेदेखि यो घरको घरबेटी बस्ने कता हो, कताबाट भित्र जाने हो, फोननम्बर चाहियो भनेर वरपर भेटिएकाहरुलाई सोधेका रहेछन्।’

काठमाडौंको महाराजगञ्ज चक्रपथसँग जोडिएको सटर र त्यसभित्रको घरमा उक्त समूहले आक्रमण गरेको हो। असुरक्षाका कारण खनालको परिवार केही महिनायता आफन्तकोमा बस्दै आएका छन्। दुईवटा चाँबी, सटर र च्यानल गेट समेत लगाएकाले आक्रमणकारीको प्रयास सफल नभएको खनालले बताए।

शोभाकान्तबाट पीडित अर्का अधिवक्ता युवराज कोइरालाले आक्रमण घटनामा शोभाकान्त र उनकै समूहको हात रहेको आशंका छन्।‘बालुवाटारको जग्गा प्रकरण उछालिएका बेला त्यसलाई निस्तेज बनाउन खोजिएको हुनसक्छ’ उनले भने, ‘यसमा राजनीतिक संरक्षण नभई यो ढंगको हर्कत हुनै सक्दैन।’

डा. खनाल शोभाकान्तका भाञ्जा पर्ने व्यक्ति हुन्। उनकी पत्नी शान्तामाथि शोभाकान्तले फर्जी लेनदेन मुद्दा दर्ता गराएका छन्। त्यहीक्रममा अदालतमा पेश भएको अडियो टेप केही साताअघि सार्वजनिक भएको थियो।
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकको गुइठेमा पहिरोले यातायात अवरुद्ध छ । सदरमुकामदेखि २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–१ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएको हो ।

बेनी–घाँसासम्मको ३८ किलोमिटर सडक खण्डकको चमेरे, वैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुइठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा बारम्वार पहिरोले सास्ती दिने गरेको छ।

‘राति गुइठे भीरमा सुख्खा पहिरो झरेकोले सडक बन्द छ, यातायात अवरुद्ध भएको छ’ सडक विभागका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले भने, ‘डोजर ल्याएर पहिरो पन्छ्याउने तयारी भएको छ। थप पहिरो झरेन भने शनिबार दिउँसोसम्म सडक खुलाउने तयारीमा छौं।’

बेनी–जोमसोम सडकमा पहिरोले यातायात अवरुद्ध मात्र पारेको छैन, सवारी सञ्चालनमा रहेको क्षेत्रमा समेत माथिबाट बारम्बार ढुङ्गा झर्न नरोकिएकोले जोखिमपूर्ण पनि बनेका छन्। सडकको बेगखोला, तिप्ल्याङ्ग, महभीर, भीरकाटे, तातोपानी, दाना, घाँसा क्षेत्रका भीरबाट ढुङ्गा झर्ने हुँदा पैदल हिड्न समेत समस्या छ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT