नेकपाले ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोक्यो (नामावलीसहित)

काठमाडौँ — सत्तारुढ नेकपाले ६ महानगरपालिकासहित सबै जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।

नेकपाले ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोक्यो (नामावलीसहित)


आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन । विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन: सचिवालय बैठक बोलाइएको उनले बताए ।


यी हुन् नेकपामा ७७ वटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरु :

.........

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । विभाग गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत विषयमा छलफल गर्न भन्दै आइतबार अपराह्न नेकपा सचिवालय बैठक बसेको हो ।

महत्वपूर्ण विभाग शीर्ष नेतालाई दिने समझदारी नेकपाभित्र बनिसकेको छ । संगठन विभागको प्रमुखमा वामदेव गौतम, विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले पाउने लगभग पक्कापक्की भइसकेको नेताहरुले बताएका छन् । तर, आर्थिक विभाग, स्कुल र प्रचार विभागको भने टुंगिन बाँकी छ ।


स्कुल विभागमा तत्कालीन एमालेका ईश्वर पोखरेल र माओवादी केन्द्रतर्फका नारायणकाजी श्रेष्ठको दाबी रहेको स्रोत बताउँछन् । आर्थिक विभागमा महासचिव विष्णु पौडेल आकांक्षी देखिएका छन् भने प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ । प्रचारमा नेतृ पम्फा भूसाल अघि सर्ने देखिएकी छन् ।


नेकपाको ३२ विभाग रहनेछन् । पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।

यो पनि

शक्तिशाली विभाग शीर्ष नेतालाई

प्रकाशित : श्रावण ५, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?