राजपा संयोजकमा राजकिशोर

काठमाडौँ — चक्रीय प्रणालीअनुसार सोमबारबाट राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने भएका छन् । आइतबारको पार्टी बैठकले संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।

राजपा संयोजकमा राजकिशोर

यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि दुई/दुई महिना पालोमा संयोजक फेरिन्छन् ।


यसअघि अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ ।


ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपा महासचिव केशव झाले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?