२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किन तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज ?

काठमाडौँ — पार्टी एकीकरण भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट गरिएको सत्तारुढ नेकपाको २४ जिल्ला कमिटी सहइन्चार्जविहीन बनेको छ । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु नतोकिएको हो ।

किन तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज ?

आइतबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं, दाङ, धनुषा र सिराहमा ९/९ जना सहञ्चार्च तोक्दा ती जिल्लाहरु खाली राखिएको हो ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बन्धित जिल्लामा केन्द्रीय सदस्य नभएका र अर्को जिल्लाबाट लैजान अप्ठ्यारो परेकोले खाली राखिएको बताए । उनले ती जिल्लाहरुमा सहइन्चार्ज तोकिने वा खाली नै रहनेबारे पछि निर्णय हुने कान्तिपुरलाई बताए ।

सहइन्चार्ज नतोकिएका जिल्लाहरुमा ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम छन् । त्यसै गुल्मी, प्युठान, कालीकोट, हुम्ला, डोल्पा र दार्चुलाले पनि सहइन्चार्ज पाएका छैनन् ।


यसैगरी काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकामा इन्चार्जमात्रै तोकिएका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?