कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

माओवादीले उठाएका मुद्दाहरु संविधानमा समेटिएन : वैद्य

श्यामसुन्दर शशि

जनकपुर — नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनआन्दोलनको क्रममा माओवादीले उठाएका मुद्दाहरु वर्तमान संविधानमा समेटिन नसकेको बताएका छन् ।

माओवादीले उठाएका मुद्दाहरु संविधानमा समेटिएन : वैद्य

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वकालमा माओवादीले उठाएको जनतन्त्र, राष्ट्रिय स्वाधिनता, जनजीविका तथा मधेसी, आदिवासी, जनजाति लगायतका सिमान्तकृत समुदायको पहिचानको विषय वर्तमान संविधानमा समेट्न नसकेको आरोप लगाए ।


उनले भने,‘ यो संविधान अपाङ हो । मुलुकमा गणतन्त्र आयो , संघीयता आयो तर सबै अपाङ हो । सपाङ संविधान निर्माणको लागि हामीले पुनःआन्दोलनको विगुल फुक्नु परेको छ । ’


पार्टी जनसंघर्ष मार्फत संविधान परिवर्तन गर्न चाहेको उल्लेख गर्दै उनले भने,‘हामी जनसंघर्ष मार्फत् आफ्नो कुरा उठाउने निर्णय गरेका हौँ । आवश्यक परे हतियार उठाउन पनि पछि पर्ने छैनौँ । ’


सरकार र चन्द समूह दुवैको काम कारबाहीप्रति असहमति जनाउँदै उनले भने,‘चन्द समूहको कार्यदिशा अस्पष्ट छ । यसैगरी सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध लोकतान्त्रिक पद्यति विरुद्ध छ ।’ चन्द समूहद्वारा सिर्जित समस्याको समाधान राजनीतिक रुपमा गर्नु पर्ने उनले सुझाव दिए ।


सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट नामधारी पार्टीको संज्ञा दिँदै नेकपा अध्यक्ष दाहाललाई लक्षित गर्दै उनले भने,‘हाम्रा साथीहरुले बाटो बिराए । १० वर्षे द्वन्द्वको बलिदान खेर गयो । ’

प्रकाशित : श्रावण ६, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?